१४ पौष, झापा । झापाको शिवसताक्षी नगरपालिका-१० मा आज बिहान राती १ बजे भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कंदै गरेका को २ च १५८२ नम्बरको पिकअपका चालक, केरावारी गाउँपालिका-८ मोरङका ४६ बर्षीय भोजराज आचार्यलाई ठक्कर दिँदा घाइते भएका आचार्यको बिर्तामोडको बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा आज बिहान पौने १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिई अन्य थप अनुसन्धानई भईरहेको उक्त कार्यालयले जनाएको छ ।