राष्ट्रियतालाई बलियो बनाउने वैदेशिक नीतिको खाँचोः मन्त्री पण्डित

राष्ट्रियतालाई बलियो बनाउने वैदेशिक नीतिको खाँचोः मन्त्री पण्डित

काठमाडौँ, जेठ १५
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने वैदेशिक नीतिको आवश्यकता रहेको बताएका छन् ।

गायक, संगीतकार तथा पूर्वप्रहरी नायब उपरीक्षक किशोर खतिवडाको १३ औँ दिनको पुण्यतिथिमा तयार भएको ‘हामी नेपाली’ म्युजिक भिडियोको आज यहाँ विमोचन गर्दै उहाँले देश र जनतालाई केन्द्रमा राखेर वैदेशिक सम्बन्ध विकास गर्नुपर्ने र यसमा सबैको साझा अभिमत हुनुपर्ने बताए ।

मन्त्री पण्डितले राष्ट्रियताको भावनाले ओतप्रोत हुनेहरू मात्रै नेपाली हुन सक्ने बताउँदै “यहाँ नेपाली पनि फरक फरक हुन्छन् भनिन्छ, जसको मनमा राष्ट्रियताको माया छ, त्यो मात्रै नेपाली हुन सक्छ” भने।

नेपालमा बस्ने सबैले सच्चा नेपाली हुन सक्नुपर्ने बताउँदै उनले स्वर्गीय खतिवडाले प्रहरी सेवा र गीत–संगीतको माध्यमबाट मुलुकलाई ठूलो योगदान दिएको स्मरण गरे ।

कार्यक्रममा पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गुप्तबहादुर श्रेष्ठ, साहित्यकार राधेश्यम लेकाली, भवानीप्रसाद पौडेल, दीप तुलाधर, श्रद्धा खतिवडालगायतले नेपाली संगीतको विकासमा स्व. खतिवडाले पु¥याएको महत्वपूर्ण योगदानको चर्चा गरे ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.