नयाँ दिल्ली, जेठ १५
काश्मिरस्थित भारत र पाकिस्तानको सीमा क्षेत्रमा भएको झडपमा परी एक भारतीय सीमा सुरक्षा गार्डको मृत्यु भएको छ ।
भारतीय र पाकिस्तानी सुरक्षा गार्डबीच भएको सो झडपमा अरु दुइजना सर्वसाधारण नागरिक घाइते भएका भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।
काश्मिरको अन्तरराष्ट्रिय सीमा क्षेत्र (आइबी)मा भारत र पाकिस्तानको सीमा सुरक्षा गार्डबीच भएको झडपमा भारतीय सुरक्षा बलले ज्यान गुमाएका सो समाचारमा जनाइएको छ ।
स्थानीय समयाअनुसार गत आइतबार साँझ पाकिस्तानी सेनाले गोली प्रहार गरेको र यसमा एक भारतीय सीमा सुरक्षा गार्डको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।
उक्त क्षेत्रमा केही दिनयता देखि पुनः झडपहरु सुरु भएको बताइएको छ । प्रायःसधैँ तनाव जारी रहने गरेको उक्त क्षेत्रमा गएका केही दिनयतादेखि झडप जारी नै रहेका बताइएको छ ।
रासस