प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

१५ पौष, काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् ।

स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार बिहान करिब ११ बजे उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको हो । दाहाललाई अस्पताल भर्ना गरिएको जानकारी उनकी छोरी गंगाले सामाजिक सञ्‍जालमार्फत गराएकी हुन् ।

यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.