नेकपाको बैंक खाता रोक्का गर्न प्रचण्ड–माधव समूहको बैंकहरुलाई पत्राचार

नेकपाको बैंक खाता रोक्का गर्न प्रचण्ड–माधव समूहको बैंकहरुलाई पत्राचार

१५ पुस, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको बैंक खाता रोक्का गर्न बैंकहरुलाई पत्र लेखेका छन्। पार्टीभित्र विवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै उनीहरुले नेकपाको खाता रहेका बैंकहरुमा पत्र पठाएका हुन्।

पुस १२ गतेको मिति उल्लेख भएको पत्र बुधबार बैंकहरुमा पुगेको छ । एक बैंकको सीईओले भने ‘१२ गते नै लेखिएको प्रचण्ड र माधव नेपालले हस्ताक्षर गर्नुभएको पत्र आज हात परेको छ ।यो विषय हामीले नै निर्णय गर्न नसकिने भएकाले राष्ट्र बैंकमा जानकारी गराएका छौं ।’

नेकपाको फुट सँगै सम्पत्तीको विषयलाई लिएर पनि विवाद सुरु भएको छ। नेकपाको कार्यालय कब्जा गर्ने क्रम चलिरहदा बैंकमा जम्मा भएको पैसाका लागि पनि दुई पक्ष विच विवाद भएको छ। विभाजन सँगै एउटा गुट बैंकहरुसम्म पुगेका छन्।

हाल नेकपाको तीन अर्ब रुपैयाँ भन्दा धेरै रकम बैंकमा जम्मा भएको जानकारहरु बताउछन्। नेकपाको काठमाडौं उपत्याका भित्रै अर्बौ रुपैयाँका ५ वटा भवन रहेका छन्। नेकपाको नयाँ दिल्लीमा पनि जग्गा रहेको छ। तत्कालिन एमालको ६६ जिल्लामा र माओवादीको १२ वटा जिल्लामा कार्यालय रहेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.