निर्मला हत्या प्रकरणमा बर्खास्त एसपीलाई पुनर्बहाली गर्ने सरकारको निर्णय

निर्मला हत्या प्रकरणमा बर्खास्त एसपीलाई पुनर्बहाली गर्ने सरकारको निर्णय

१५ पुस, काठमाडौं ।

सरकारले निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई सेवामा फर्काउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई दुई वर्ष अघि गरिएको कारबाही बदर गर्दै पुनर्बहाली गर्ने निर्णय गरेको हो ।

घटनामा प्रहरीले लापरबाही गरेको देखिएपछि तत्कालीन प्रहरी प्रमुख विष्टसँगै प्रहरी निरीक्षक जगदिश भट्ट बर्खास्त भएका थिए । एसपी विष्ट २०७५ मंसिरमा बर्खास्त भएका थिए । २०७५ साउन ११ गते बलात्कारपछि हत्या गरिएको भनिएकी निर्मलाका हत्यारालाई भने प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

सोही प्रकरणमा अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मुद्दासमेत दायर भएको थियो । उक्त मुद्दामासमेत एसपी विष्टले सफाइ पाइसकेका छन् ।

निर्मला हत्या प्रकरणमा मुछिएका भनिएका नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का तत्कालीन डीएसपी अंगुर जिसी सेवामा फर्किसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.