जाजरकोटमा अज्ञात समूहद्वारा कर्णाली प्रदेशसभा सदस्य सिंहको गाडीमा आगजनी

जाजरकोटमा अज्ञात समूहद्वारा कर्णाली प्रदेशसभा सदस्य सिंहको गाडीमा आगजनी

१७ पौष, जाजरकोट । जाजरकोटमा एक अज्ञात समूहले कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको गाडी जलाएको छ ।

कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको गाडीमा गएराति आगजनी भएको हो । सिंह जाजरकोटमा प्रदेश सरकार मातहतका योजनाहरुको अनुगमन गर्न गएको बेला भेरी नगरपालिका पुन्मामा गाडी जलेको अवस्थामा भेटिएको जाजरकोट प्रहरीले जनाएको छ ।

यसबारे अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.