प्रधानमन्त्री र राष्ट्रपति को बन्ने कुराले पार्टी विभाजन भएको होः गृहमन्त्री

प्रधानमन्त्री र राष्ट्रपति को बन्ने कुराले पार्टी विभाजन भएको होः गृहमन्त्री

१८ पुस, काठमाडौं ।
गृहमन्त्री रामबहादुर थापाले पद र सत्ताको लोभले गर्दा विभाजन आएको बताएका छन् ।

उनले प्रधानमन्त्री र राष्ट्रपति को बन्ने कुराले नै पार्टी विभाजन गरिएको धारणा राखेका छन् ।  नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको काठमाडौं कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता भेलामा गृहमन्त्री थापाले भने, पदलोलुप र सत्तालोलुप प्रवृत्तिले कम्युनिष्ट आन्दोलनमा विभाजन आएको हो ।

पछिल्लो पटक आएको विभाजन को प्रधानमन्त्री, को राष्ट्रपति, को अध्यक्ष, को मन्त्री, को राजदूत हुने भन्ने कुराले आएको हो । यो कुनै राजनीतिक विचारधारा बहसबाट भएको विभाजन होइन ।

त्यस्तै, अब निर्वाचन मार्फत् जनतामा गएर अवसरवादीलाई पाखा लगाउन गृहमन्त्री थापाले दाबी गरेका छन्। अहिलेको संसदले स्थायित्व दिन नसकेकाले संसद विघटन भएको थापाले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नै कु गर्ने खेल भएपछि प्रतिनिधिसभा विघटन गरेको उनको दाबी थियो।

गृहमन्त्री थापाले भने, प्रधानमन्त्रीलाई कमरेडको रुपमा नभएर आरोपीको रुपमा आरोपत्र खडा गर्नुभयो। प्रधानमन्त्रीलाई आफ्नो नेताको रुपमा होइन, अपराधीको रुपमा खडा गर्नुभयो। उहाँहरुले योजना बनाउनु भयो।

हामीले उहाँको अध्यक्षलाई हटाउने कुरा सही छैन भनेका थियौं। पार्टी विभाजनतिर लैजान्छ, फिर्ता लिनुहोस् भनेका हौं। तर, मान्नु भएन। अब चुनाव मार्फत् जनतासमक्ष गएर नै स्थायी सरकार गठन हुने उनले दावी गरे।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.