पीएम कप महिला क्रिकेटको उपाधिका लागि आज एपीएफ र प्रदेश-१ भिड्दै

पीएम कप महिला क्रिकेटको उपाधिका लागि आज एपीएफ र प्रदेश-१ भिड्दै

१९ पौष, काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज शसस्त्र प्रहरीको विभागीय टिम एपीएफ र प्रदेश-१ खेल्दैछन् । खेल बिहान साढे ११ बजेदेखि सुरु हुने छ ।

हिजो भएको सेमिफाइनल खेलमा प्रदेश-१ ले लुम्बिनी प्रदेशलाई र एपीएफले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा प्रवेश गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल क्रिकेट संघ (क्यान)को प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

उप-विजेताले तीन लाख र सेमिफाइनलमा पराजित हुने दुई समूहले २५–२५ हजार रुपैयाँ पाउनेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.