मोरङबाट लागुऔषधसहित तीन जना पक्राउ

मोरङबाट लागुऔषधसहित तीन जना पक्राउ

१९ पौष, मोरङ । मोरङका तीन छुट्टाछुट्टै स्थानहरुबाट आज दिउँसो लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे विराटनगर-१६ बाट सुन्दरहरैँचा नगरपालिका-११ का ३२ बर्षीय कुशल चौधरीलाई लुपिजेसिक-६ एम्पुल, एभिल-६ एम्पुल, डाईजेलाब-६ एम्पुल र फेनारगन-६ एम्पुल सहित पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-२ का २४ बर्षीय अनिके राईलाई विराटनगर-१६ बाट लुपिजेसिक-८ एम्पुल, एभिल-८ एम्पुल, डाईजेलाब-८ एम्पुल र फेनारगन-८ एम्पुल सहित आज दिउँसो १ बजे पक्राउ गरेको हो ।

यस्तै प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-१ का २८ बर्षीय अनिश नेपालीलाई नाईट्रोभेट टयाब्लेट २३ पिस , आइपीपीएल ६ एम्पुल , डाईजोल्याव ६ एम्पुल , फेनारगन ६ एम्पुल र एभिल ६ एम्पुल सहित पक्राउ गरेको छ ।

पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.