सुनको भाउ आज तोलामा ८ सयले बढ्यो

सुनको भाउ आज तोलामा ८ सयले बढ्यो

२० पौष, काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा ८ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज प्रतितोला ९५ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ प्रतितोला ९४ हजार ५ सय थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ अस्थिर रहेकाले नेपाली बजारमा पनि भाउमा उतारचढाव आइरहेको महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी पनि आज तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.