नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा: मुख्यमन्त्री पोखरेल

नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा: मुख्यमन्त्री पोखरेल

२० पौष, चितवन । पुष्पकमल दाहाल प्रचण्डले आफ्नै हर्कतको परिणाम भोगिरहेको नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । ओली समूहको चितवन भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपमान गर्ने प्रचण्डको प्रयास असफल भएको बताए ।

‘ढाडमा टेकेर टाउकोमा हान्ने भन्ने गर्नुहुन्छ, माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्नुभयो,’ पोखरेलले भने, ‘तर, एउटै चिजको प्रयोगले सधैं सफल भइँदैन ।’

अहिले प्रचण्ड र माधव नेपालले आफैंले गरेको हर्कतको परिणाम भोगिरहेको मुख्यमन्त्री पोखरेलले बताए । टाउकोमा हान्न खोजेपछि ओलीले संवैधानिक अधिकार प्रयोग गरेर प्रचण्ड–माधवहरुलाई सडकमा पु¥याइदिएको बताउँदै पोखरेलले भने, ‘तपाईंले जे हर्कत गर्नुभयो, त्यो अहिले भोग्दै हुनुहुन्छ ।’

नेकपा विभाजनको प्रमुख कारण प्रचण्डले पेस गरेको आरोपपत्र नै भएको उनले बताए । ‘तपाईंलाई इतिहासले कहिल्यै माफी गर्ने छैन’, पोखरेलले भने ।

प्रचण्ड र माधव नेपालभन्दा ओलीको राजनीतिक उचाइ अग्लो रहेको बताउँदै पोखरेलले भने, ‘अहिले पनि नेपाली जनताको बीचमा तपाईंहरु भन्दा अग्लो हैसियतमा हुनुहुन्छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.