२० पौष, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुद्धमा धकेलेको टिप्पणी गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी पहाडीले गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने र देशलाई गृहयुद्धमा धकेल्ने काम प्रधानमन्त्री ओलीबाट भइरहेको बताएका हुन् ।
लामो संघर्षपछि प्राप्त उपलब्धीहरुलाई कुल्चेर गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने काम भएको बताए । संसदमा अविश्वास प्रस्ताव आउँदैछ भन्ने आशंका भएपछि प्रधानमन्त्री ओलीले संसदको प्राण हरण गरेको पनि बताए ।
यस्तै प्रधानमन्त्री ओली सत्तामा पुगेपछि पटकपटक गैह्रसंवैधानिक कार्यको शिलशिलालाई प्रारम्भ गरेको पनि आरोप लगाउ । सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको कदमलाई सदर गर्ने हो भने नेपालमा जुनसुकै प्रधनमन्त्रीले संविधान विघटन गर्नसक्ने बताए ।
नेपालको संविधान निर्माण भएपछि विरोध गर्ने र आगो लगाउनेहरुले अहिले संविधानको रक्षाको लागि सडकमा उत्रिएको तर संविधान उत्कृष्ट छ भन्नेहरुले संविधानको पाना च्यात्ने काम गरेको पनि बताए ।