आज सुनको भाउ एकैदिन तोलामा ११ सयले बढ्यो

आज सुनको भाउ एकैदिन तोलामा ११ सयले बढ्यो

२१ पौष, काठमाडौं । सुनको भाउ आज तोलामा ११ सयले बढेको छ ।

आज सुनको भाउ ९६ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ ९५ हजार ३ सय रुपैयाँ थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ४० डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै बढ्ने सम्भावना रहेकाले नेपाली बजारमा पनि भाउ बढ्ने सम्भावना देखिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

उनकाअनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर रहेकाले लगानीकर्ता सुनमा आकर्षित भएका छन् । यसले गर्दा भाउ अझै बढ्ने अनुमान गरिएको हो । यस्तै, आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर तोलाको १३ सय ३५ रुपैयाँमा पुगेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.