साझा प्रकाशनले ५ वर्षपछि पाउँदैछ नयाँ नेतृत्व

साझा प्रकाशनले ५ वर्षपछि पाउँदैछ नयाँ नेतृत्व

२१ पौष, काठमाडौं । साहित्यकारहरुको साझा संस्था साझा प्रकाशनले ५ बर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा गर्दैछ ।

ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको कार्यालय मंगलबार अध्यक्षका लागि मतदान भएको छ । साझा प्रकाशनका संञ्चालक समितिको निर्वाचन २०७२ साल यता हुन सकेको थिएन ।

विद्यमान ऐन अनुसार २०७५ को असार मसान्त भित्र अध्यक्ष सहितको सञ्चालक समितिको निर्वाचन भईसक्नुपर्ने थियो । व्यवस्थापकिय समस्या राजनीति मिसिएपछि साझा प्रकाशनको साधारणसभा प्रभावित बन्दै आएको थियो । साझा प्रकाशनको विनियममा हरेक ३ बर्षमा पदाधिकारी निर्वाचित गर्नुपर्ने व्यवस्था छ ।

पछिल्लो सहकारी नियमावलि २०७५ अनुसार २०७५ असार मसान्त भित्र साधारणसभा गरिसक्नुपर्ने थियो । पटक पटक सरकार परिर्वतन, राजनीतिक नियुक्तिले अस्तव्यस्त र राजनीति गर्ने अखडा बनेको साझा प्रकाशनले पछिल्लो पटक २०७७ बैशाख २७ गतेका लागि साधारणसभा तोकेको भएपनि कोरोनाका कारण पुनः स्थगित गरिएको थियो ।

साझा प्रकाशनको अध्यक्षका लागि साहित्यकार डाक्टर बिजय सुब्बा र पुर्व सञ्चालक जीवनचन्द्र कोइराला प्रतिस्पर्धामा उत्रिएका छन् । साहित्यकार डाक्टर सुब्बा यसअघि पनि साझाको संञ्चालक समिति सदस्यमा रहेर काम गरिसकेका छन् ।

आफुलाई “सिंगो साझा बचाउ अभियानले” उम्मेदवारी बनाएको र साझा भित्र मौलाएको भ्रष्टाचारको अन्त्य गरि राजनीति बाट जोगाएर साहित्यकारहरुको साझा संस्था बनाउनका सदस्यहरुले आफुलाई बिजयी बनाउने विश्वास डाक्टर सुब्बाले व्यक्त गरे ।

अर्का अध्यक्षका प्रतिष्पर्धी जीवनचन्द्र कोइरालाले पनि साझा भित्रको व्यवस्थापकिय कमिकमजोरी र भौतिक पुर्वाधारको पुर्नसंरचनाका लागि आफुले उम्मेदवारी दिएको बताए ।

निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईका अनुसार अन्य ३ जना सञ्चालकहरु र्निविरोध चयन भएका छन् । महिला तर्फ सीता कुमारी ओझा, खुल्ला तर्फ डोरप्रसाद अर्याल र हरि प्रसाद भण्डारी र्निविरोध चयन भएका हुन् ।

दुई सदस्यीय लेखा सुपरिवेक्षण समितिमा भने कसैको पनि उम्मेदवारी परेको छैन । अध्यक्षको निर्वाचनको मत परिणाम आगामी २५ गते शनिबार भर्चुअल रुपमा हुने साधारण सभामा जानकारी गराईने पनि निर्वाचन समितिका सदस्य सचिव भट्टराईले जानकारी दिए ।

सहकारी ऐन २०७४ अनुसार अब निर्वाचित पदाधिकारीको समायावधि ४ बर्ष को हुनेछ । साझा प्रकाशनको २०७०/७१ देखि लेखा परीक्षण हुन सकेको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.