साउदीले कतारमाथिको नाकाबन्दी फुकुवा गरेकाेमा नेपालद्वारा स्वागत

साउदीले कतारमाथिको नाकाबन्दी फुकुवा गरेकाेमा नेपालद्वारा स्वागत

२२ पुस, काठमाडौं ।

साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाउने निर्णय गरेकोमा नेपालले स्वागत गरेको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै साउदी अरब र कतारले जमिन, हवाई र सामुन्द्रिक सीमा खोल्ने निर्णय गरेकोमा स्वागत गरेकाे हाे । नेपालले यसलाई गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) ले लिएको महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिएको छ । विज्ञप्तिमा भनिएको छ,‘सो कदमले काउन्सिलका सदस्य मुलुकहरुको बीचमा रहेका महत्वपूर्ण विषय हल गर्न र सो क्षेत्रमा स्थायित्व र सहकार्यका लागि योगदान गर्नेछ ।’

मन्त्रालयले जिसीसीका सबै मुलुकहरुसँग राम्रो दुईपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै नेपालले जहिले पनि गल्फ क्षेत्रमा शान्ति, स्थायित्व र विकासको शुभेच्छा राखेको समेत उल्लेख गरेको छ ।

साउदी अरबले कतारमाथि तीन वर्षअघि नाकाबन्दी लगाएको थियो । मंगलबार साउदी अरबमा भएको जीसीसी सम्मेलनको पूर्वसन्ध्यानमा साउदीले कतारमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । जीसीसीको सम्मेलनमा खाडी देशका ६ देश सहभागी हुने छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.