३० लाख हिनामिना गरेको भन्दै भीम रावललाई कारवाहीको सिफारिस

३० लाख हिनामिना गरेको भन्दै भीम रावललाई कारवाहीको सिफारिस

२३ पुस, काठमाडौं।

नेकपा केपी ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटि बैठकले नेकपा नेता भीम रावललाई ३० लाख हिनामिना गरेको भन्दै कारवाहीको सिफारिस गरेको छ ।

 बुधबार बसेको प्रदेश कमिटीको चौथो विस्तारित बैठकले नेता रावलले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामीना गरेको भन्दै कारबाहीको सिफारिस गरेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले फेसबुकमा लेखेका छन्, ‘पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावल पिएचडीलाई कारबाही गर्न सिफारिस समेत गरेको बताइएको छ ।’

 बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ । बैठकले यही पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा ल्याएर धनगढीमा विशाल कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.