ओलीले नेतृत्व गरेको नेकपा नै आधारिक होः ईश्वर पोखरेल

ओलीले नेतृत्व गरेको नेकपा नै आधारिक होः ईश्वर पोखरेल

२३ पुस, सिन्धुपाल्चोक ।
प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा नै आधारिक भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले दाबी गरेका छन्।

सिन्धुपाल्चोक जिल्लाको खाँडीचौरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, आधिकारिक नेकपा हामी हौँ । सूर्य चिह्न पनि हाम्रो नै हो। त्यसैगरी उनले प्रचण्डले आफ्नो गल्तीलाई स्वीकार गरेर फर्किए पार्टी एकताको अझै सम्भावना रहेको बताएका छन्।

प्रचण्डले अहिलेसम्मको सबै गल्तीहरूलाई सच्याएर फर्किन चाहनुहुन्छ भने अझै पार्टी एकताको सम्भावना छ, उनले भने, उहाँलाई हामीले कार्यकारी अधिकारबाट हटाएपछि अध्यक्ष पद अझै राखिरहेका छौँ।

अरु वरिष्ठ नेताहरूको पद पनि राखिरहेकै छौँ। प्रचण्डले आफ्नो जिम्मेवारी बहन नगरेकाले कार्यकारी अधिकार खोसेको उनले बताए। उहाँलाई पार्टीभित्रको काम गर्न, एकताको बाँकी काम सम्पन्न गर्न, महाधिवेशनलाई केन्द्रित गरेर काम गर्नका लागि कार्यकारी अधिकार दिएको थियौँ।

तर, उहाँले आफ्नो जिम्मेवारी अनुसारको काम गर्नुभएन, उनले भने। सरकारले राम्रो काम गरेको भए पनि विरोधका लागि मात्रै विरोध गरेको उनले बताए। प्रचण्डले सचिवालयमा पेस गरेको आरोप पत्र नै पार्टी विभाजनको आधार बनेको उनले बताए।

जनताको प्रतिनिधिले जनताबीच जान्छु भनेर प्रधानमन्त्रीले निर्वाचन तोक्नुभएको हो। त्यसलाई अन्यथा लिनुपर्ने कुनै कारण छैन उनले भने, वैशाखमा निर्वाचन हुन्छ। उहाँहरू चुनावदेखि भागिराख्नुभएको छ।

निर्वाचनको तयारीमा लागेर अहिले देखिएको समस्या समाधान गर्नुपर्ने उनले बताए। त्यस्तै अहिले संसद् पुनःस्थापनाको विषयमा अदालतको हातमा पुगेको छ। मलाई लाग्छ अब कुनै पनि हालतमा संसद् पुनः स्थापना हुँदैन, पोखरेलले भने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.