राष्ट्रपति भण्डारीद्वारा स्विस राष्ट्रपति पार्मेलिनलाई बधाई

राष्ट्रपति भण्डारीद्वारा स्विस राष्ट्रपति पार्मेलिनलाई बधाई

२४ पुस, काठमाडाैँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले स्विस महासङ्घका राष्ट्रपतिको कार्यभार सम्हालेका गी पार्मेलिनलाई बधाई ज्ञापन गरेकी छन् । राष्ट्रपति भण्डारीले आफ्ना स्विस समकक्षीलाई बिहीबार सन्देश पठाएर उनप्रति बधाई ज्ञापन गरिन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले सन् १९५६ मा नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीच निकट एवं हार्दिक सम्बन्ध कायम रहेको बताउँदै नेपालको विकास प्रयासमा स्विट्जरल्याण्डबाट प्राप्त सहयोगको सराहना गरिन् ।

उनले आगामी दिनमा स्विस राष्ट्रपतिसँग निकट सम्पर्कमा रहेर साझा चासोका विषयमा सहकार्य गर्ने इच्छा पनि सन्देशमा व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.