प्रधानमन्त्री आज धनगढी जाँदै

प्रधानमन्त्री आज धनगढी जाँदै

२४ पुस, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज कैलालीको धनगढी जाने भएका छन् । ओलीले धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिनिधिसभा विघटन भएपछि राजधानी बाहिर आयोजित जनसभालाई पार्टी अध्यक्ष प्रधानमन्त्री ओलीले पहिलोपटक सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

जनसभाको आयोजना नेकपा सुदुरपश्चिम प्रदेश कमिटीले आयोजना गर्न लागेको हो । प्रतिनिधिसभा विघटन भएपछि नेकपामा आन्तरिक विवाद चुलिएको छ । यसक्रममा नेकपा ओली पक्ष र नेकपा प्रचण्ड-माधव पक्षले बिभिन्न जिल्लामा आ-आफ्नै कार्यक्रम आयोजना गर्दै आएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.