झापाबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

झापाबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

२४ पौष, झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट बिहिवार राती नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् ।

बिहिवार राती साँढे ६ बजे ईलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१४ बाट स्थानीय ३० बर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका-११ का ३३ बर्षीय हरी राजवंशी र गौरादह नगरपालिका-९ का निराजन पौडेललाई ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले बिहिवार राती साँढे ७ बजे शिवसताक्षी नगरपालिका-१० बाट स्थानीय २३ बर्षीय गोपी शर्मा, बनियानी गाँपालिका-६ का २६ बर्षीय मदन मैनाली र फत्तेपुर गाउँपालिका-१ सप्तरीका १७ बर्षीय अम्बर बराललाई ९ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.