विचाराधीन मुद्दामा सर्वोच्च अदालतलाई सडकबाट दबाब दिनु गलत : देउवा

विचाराधीन मुद्दामा सर्वोच्च अदालतलाई सडकबाट दबाब दिनु गलत : देउवा

२५ पुस, काठमाडौं।

नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले संसद सविघान संविधान विरोधी कदम भएको बताएका छन् । तर, याे मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतलाई सडकबाट दबाब दिनु गलत भएको बताएका छन् ।

संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएपनि जुलुस निकालेर अदालतलाई यो गर त्यो गर भन्न नमिल्ने बताएका हुन्।

उनले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको निर्णय पर्खनुपर्ने भन्दै देउवाले अदालतको निर्णय कांग्रेसले मान्ने बताए । अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सदर गरेमा कांँग्रेस चुनावमा जाने उल्लेख गर्दै पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य दलहरु पनि चुनावमा जाने देउवाको दावी थियो । उनले भने, ‘हामीले अदालतको निर्णय पर्खिनुपर्छ । अदालतको निर्णय कांग्रेसले मान्छ ।’

सर्वोच्च भन्दा ठूलो अदालत जनता भएकाले जनतामा जाँदा केही पनि नबिग्रने उनको टिप्पणी थियो । उनले भने, ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ?’

देउवाले प्रधानमन्त्री ओलीले चुनाव गराउनेमा भने शंका रहेको  बताए। तर, प्रधानमन्त्री ओली आफैं चुनाव प्रचारमा गइसकेकाले ढिलो चाँडो चुनाव हुने विश्वास भने व्यक्त गरे।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.