नेपालमा निर्वाचनको पक्षमा भारत ! (भिडियो)

नेपालमा निर्वाचनको पक्षमा भारत !  (भिडियो)

२५ पुष, काठमाडौं । भारतले नेपालको राजनीतिमा प्रत्यक्ष परोक्ष रुपमा हस्तक्षेप गर्ने गरेको विषय नेपाली जनतासम्म छिपेको विषय होइन । यति होइन भनेर भनियो भने त्यो सर्वथा गलत हुन जान्छ, नेपाली जनताको बुझाईमा । यद्यपी पछिल्लो राजनीतिक घटनाक्रममा तटस्थ जस्तो देखिने प्रयत्न गरेपनि भारत नेपालमा निर्वाचनको पक्षमा रहेको खुलासा भएको छ । नेपाल मामिलाका जानकार, समय समयमा नेपालमाथि कडा टिप्पणी गर्ने अवकाशप्राप्त भारतीय प्राध्यापक एस डि मुनिले भारतले नेपालमा ताजा जनादेश चाहेको दाबी गरेका छन् । अझ नेपालमा हिन्दुवादीको आन्दोलनलाई भारतले समर्थन गरेको समेत उनको दाबी छ । उनको यो दावीमा भारतीय विचार प्रतिबिम्बित भएको छ । भारत सरकारले समय समयमा यस्ता बुद्धिजिवीहरुबाट आफ्ना विचारहरु प्रवाह गर्ने गरेको आधारमा यी भनाईलाई सरकारको समग्र धारणासँगै जोडेर हेर्ने गरिएको छ। भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्समा प्रकाशित उनको लेखमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालीरहेको भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको जस्तो देखाउने प्रयत्न गरिरहेको उल्लेख छ । लामो समयदेखि नेपाल–भारत सम्बन्धबारे जानकार रहेको एस डि मुनिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद, त्यसलाई मिलाउन चीनले खेलेको भूमिका र पछिल्लो समयमा दुई देशको विचमा भइरहेका विभिन्न तहको भ्रमणको विचमा भारतले होसियारीपूवर्क कार्ड खेलेर आफुलाई आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने रुपमा प्रस्तुत गर्न खोजेको बताएका छन् । उनले नेपालका पछिल्ला सबै घटनाक्रमको विचमा भारत अहिले नेपालमा ताजा जनादेशको पक्षमा खुलेर आएको बताएका छन् । उनले लेखमा सन् १९५० को शान्ति र मैत्रि सन्धीको बारेमा समेत ब्याख्या गरेका छन् । नेपालमा राजनीतिक संक्रमणको अन्त्य भएको भनिएपनि प्रतिनिधिसभा विघटन र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजनसँगै छिमेकी सहित अन्य देशहरुको चलखेल बढेको प्रष्ट देखिएको छ । सत्तारुढ दल नै विभाजन हुदै मध्यावधि निर्वाचनको विरोधमा उत्रिरहेको छ । तर नजानिदो तरीकाले भारतले नेपालको राजनीतिमा हस्तक्षेप गरिरहेको खुलासा हुनुले नेपालको स्वाभिमानमाथि नै प्रश्न उठाई दिएको छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.