पर्यटक बस नयाँ गन्तव्यस्थलमा सञ्चालन गरिने

पर्यटक बस नयाँ गन्तव्यस्थलमा सञ्चालन गरिने

२६ पुस, काठमाडाैँ ।

नयाँ पर्यटकीय गन्तव्यस्थलमा पर्यटक बस सञ्चालन गरिने भएको छ । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)को दशौँ वार्षिक साधारणसभाका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरिँदै नयाँ पर्यटकीय गन्तव्यस्थलमा बस सञ्चालन गर्ने जानकारी दिएको हो ।

काठमाडौँदेखि पोखरा, चितवन र लुम्बिनी पर्यटकीय बससेवा सञ्चालन गर्दै आएको टिवानले चाँडै नै केरुङ, मुक्तिनाथ, रारा, बेँसीशहर, तातोपानी, बर्दियालगायत क्षेत्रमा बस सञ्चालन गर्ने जनाएको छ ।

कार्यक्रममा नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईँले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटन व्यवसायी एकजुट हुनुपर्ने बताए । “कोभिड–१९ को मारमा परेका पर्यटन व्यवसायीलाई सरकारले राहत ल्याउन सकेन, पर्यटन क्षेत्रलाई बचाउनका लागि आन्दोलन गर्नुपर्ने अवस्था आएको छ”, उनले भने।

निजी क्षेत्र र सरकारी निकायबीच आवश्यक परामर्श तथा छलफल हुन नसक्दा पर्यटन क्षेत्रमा समस्या आएको उनको भनाइ थियो । एशोसिएशनका अध्यक्ष ईश्वर शर्माले पर्यटन क्षेत्रलाई पहिलेको अवस्थामा पु¥याउनका लागि सम्पूर्ण पर्यटन व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या परेको उनको भनाइ छ ।

एशोसिएशनका पूर्वअध्यक्ष श्रीकान्त आचार्य, उपाध्यक्ष ढकनाथ काफ्लेलगायतले आन्तरिक पर्यटन क्षेत्रमा लहर ल्याउन नसके पर्यटन क्षेत्रलाई बचाउन नसकिने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.