नेपाल–भारत बैठक : सीमा विवाद समाधानका लागि छलफल सकारात्मक

नेपाल–भारत बैठक : सीमा विवाद समाधानका लागि छलफल सकारात्मक

२ माघ, काठमाडाैँ ।
नेपाल र भारतका विदेशमन्त्रीहरूको शुक्रवार दिल्लीमा भएको बैठकमा कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित दुईदेशबीच देखिएका सीमा समस्या समाधान गर्ने विषयमा छलफल भएको छ ।

शुक्रबार भारतको राजधानी नयाँदिल्लीमा बसेको नेपाल–भारतको संयुक्त आयोग (जेएमसी)को छैटौं बैठकमा नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित सीमा विवादको प्रसंग उठाएको थियो ।

जवाफमा भारतले यी विषय प्राविधिक टोली मार्फत हल खोज्नुपर्ने बताएको थियो । कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित सीमा विवादले नेपाल र भारतबीचको सम्बन्धमा समस्या उत्पन्न भएको थियो । आफ्नो भूमि फिर्ताका लागि नेपालले पहिलो पटक भारतसँग औपचारिक प्र्रस्ताव राखेको हो । यसमा दुबै पक्ष सकारात्मक रहेका छन् ।

बैठकमा नेपाल–भारत सम्बन्ध सुमधुर बनाउने र विवादका विषयहरु सहमतिबाटै टुंग्याउन पनि दुबै देश सकारात्मक बनेकाे जनाइएकाे छ ।

त्यस्तै कोरोनाभाइरस विरुद्धको खोपका विषयमा नेपालको ‘आशा अनुरूपको आश्वासन’ भारतबाट पाइएको दिल्लीस्थित नेपाली राजदूतले बताएका छन्। राजदूत नीलाम्बर आचार्यले भारतबाट नेपालले ‘शीघ्र’ खोप पाउनेबारे आश्वासन पाएको बताए।

उनले भने: “नेपालमा सुरुवाती चरणकै लागि भारतबाट खोप उपलब्ध हुनेछ।” सुरुवाती चरणमा अग्रमोर्चामा काम गर्ने ३ प्रतिशतका लागि नेपालले खोप ल्याउन चाहेको र त्यो मात्रा नेपालमा मौजुदा भण्डारण क्षमताले धान्ने अधिकारीहरूले बताउने गरेका छन्।

आयोगको बैठकअघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच एक्लाएक्लै वार्तासमेत भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

नेपाल-भारत संयुक्त आयोगको यसअघिको बैठक सन् २०१९ को अगस्टमा काठमाण्डूमा भएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.