निर्माण हुँदै नमूना थामी बस्ती, वैशाखसम्म सबै घर बन्ने

निर्माण हुँदै नमूना थामी बस्ती, वैशाखसम्म सबै घर बन्ने

चरिकोट : दोलखाको भीमेश्वर नगरपालिकामा निर्माण भइरहेको एकीकृत थामी नमूना बस्तीको काम दू्तगतिमा अगाडि बढेकाे छ ।नगरपालिकाको वडा नम्बर १ पानीपोखरीमा निर्माण भइरहेको एकीकृत थामी नमूना बस्तीको दोस्रो चरणको पूर्वाधार बनाउने काम सकिएसँगै बस्ती निर्माण कार्यले थप गति लिएकाे हाे । पहिलो चरणमा भ्याटसहित दुई करोड ७९ लाख ३८ हजार ८५२ रुपियाँ लागतमा घडेरी, सडक, नालालगायतको पूर्वाधार बनाएकोमा दोस्रो चरणमा अन्य पूर्वाधार निर्माणको काम सम्पन्न गरिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका प्रमुख, इन्जिनियर अर्जुन तामाङले बताउनुभयो ।

दोस्रो चरणमा दुई करोड आठ लाख ६४ हजार ३११ रुपियाँ लागतमा सडक र नालाको स्तरोन्नतिका साथै थप घडेरी लगायतका पूर्वाधार बनाइएको छ । बस्तीमा हाल सडक, पैदलमार्ग, मञ्च, चिल्ड्रेन पार्क, पोखरी, प्रतीक्षालय, सीढी, सडक बत्ती, नालालगायतका संरचना बनेको छ ।

५७ घर बन्नुपर्ने नमूना बस्तीमा हालसम्म १४ वटा घर बनिसकेको छ भने ३४ जनाले दोस्रो किस्ता बुझेर आवास बनाउने कामलाई तिव्रता दिएको स्थानीय कुमार थामीले बताउनुभयो । बाँकी नौ जनाले माघ मसान्तभित्र डिपिसि हाल्ने काम अघि बढेको र वैशाख मसान्तसम्म सबै घर बनाइसक्ने गरि काम भईरहेको थामीले बताउनुभयो ।

एकीकृत बस्तीमा आवास निर्माणका लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले तेस्रो किस्तासम्म तीन लाख दिने छन् । त्यसैगरी, एक तले भवनको अगाडिको मोहोडामा एकरुपता ल्याउनका लागि भीमेश्वर नगरपालिकाले करिब ३० हजार रुपियाँ बराबरको एक हजार ‘मेसिन मेड’ ईंट्टा सहयोग गरेका छन् ।

वि.सं २०७२ साल वैशाख १२ गतको भूकम्पपछि बोसिम्पा गाउँको माथि र दायाँबायाँ पहिरो आउन थालेपछि पुर्ननिर्माण प्राधिकरणले उक्त बस्तीमा बस्न नमिल्ने भनेका थिए र त्यहाँका ५७ घरपरिवारलाई अन्तै सर्न भनेपछि उनीहरुलाई पानीपोखरीमा सामूहिक बस्ती बसालेर राख्ने योजना बनेको थियो ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.