३ माघ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री योगेश भट्टराईलाई बैगुनी केटाभन्दै कटाक्ष गरेका छन् ।
उनले राजधानीमा आयोजित प्रदेश नम्बर १ को सम्पर्क कमिटीको भेलामा शनिबार बोल्दै उनले योगेशको नाम उच्चारण नगरी आफूले मन्त्री बनाउँदा ‘लात्ति’ हानेको बताए । “म कुनै बैगुनी केटा केटीको बारेमा कुरा गर्न चाहन्न ।
हाम्राबीचमा पनि त्यस्ता देखिएका छन् । दौडीदौडीकन गएर भोट मागरे यो केटालाई जिताएर पठाउनुस् । मन्त्री बनाएर पठाइदिन्छु । मन्त्री बनाइयो । एक दिन त पुक्क लात्तिले हानेर भाग्यो । को भनेर हेरेको त उही केटो,” ओलीले भने ।
प्रतिनिधिसभाको निर्वाचनमा ओली तेह्रथुम पुगी योगेशलाई जिताउन आग्रह गरेका थिए। ओलीले त्यसबेला योगेशलाई मन्त्री बनाएर पठाउने प्रतिवबद्धतासमेत जनाएका थिए।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै योगेशले मन्त्री पदबाट राजीनामा दिएका थिए। यसैबारे प्रधानमन्त्री ओलीले युवाहरुले यस्तो गरेको भन्दै कार्यक्रममा दुखेसो पोखेका हुन्।