मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

४ माघ, काठमाडौं ।
उद्योगी, व्यवसायी तथा पूर्व राज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।

यसअघि उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका दुगड फेरि राज्यमन्त्री सरहको सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका हुन् । प्रधानमन्त्रीले यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए । तर, खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरेपछि उनको स्थानमा दुगडलाई ल्याएका हुन् ।

देशको अर्थतन्त्रलाई माथि उकास्ने र सरकार निजी क्षेत्रलाई जोडेर देशलाई समृद्धिको दिशामा लैजाने गरी प्रधानमन्त्रीको टिममा रहेर काम गर्ने दुगडले बताए । विराटनगरमा जन्मेका दुगड सन् १९८४ देखि उद्योगधन्दामा छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.