वैदेशिक रोजगारः दुई लाख फर्किँदा, ४० हजार मात्र जान पाए

वैदेशिक रोजगारः दुई लाख फर्किँदा, ४० हजार मात्र जान पाए

काठमाडाैँ : खाडी तथा मलेसियामा कोभिडपछि ६ महिनाको अवधिमा रोजगारीका लागि ४० हजार ५ सय ३५ जनामात्रै जान पाएका छन् । जबकि यही समयमा ती देशबाट एक लाख ९२ हजार ८ सय २८ जना स्वदेश फर्किसकेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार पुस मसान्तसम्म नयाँ श्रमस्वीकृति लिएर जानेभन्दा करारपत्र नवीकरण गरेर जानेको संख्या बढी छ । साउनदेखि पुस मसान्तसम्म विभागबाट संस्थागत र व्यक्तिगत रुपमा नयाँ श्रमस्वीकृति लिनेको संख्या १३ हजार १ स्य ९३ जना छ । करार अवधि नवीकरण गरेर जानेको संख्या भने ३४ हजार ५ सय ६७ जना छ । जसमध्ये झण्डै ९५ प्रतिशतको गन्तव्य खाडी नै बनेको छ ।

‘चैत पहिलो सातादेखि रोजगारीमा जान रोकिएपछि हामीले बिदामा आएर फर्कन चाहने श्रमिकका लागि साउनदेखि पुनः श्रमस्वीकृति दिन थालेका थियौँ, संस्थागतबाट पठाउने काम भने भदौमा मात्रै सुरु भयो,’ विभागका महानिर्देशक कुमार दाहालले भने, ‘भदौदेखि पुस मसान्तसम्मको रेकर्ड हेर्दा हरेक महिना विस्तारै रोजगारीमा जाने क्रम बढ्न थालेको छ ।, आजको कान्तिपुर दैनिकमा समाचार छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.