प्रधानमन्त्री कपमा गण्डकीका विशाल पौडेलको ह्याट्रिक

प्रधानमन्त्री कपमा गण्डकीका विशाल पौडेलको ह्याट्रिक

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशका विशाल पौडेलले ह्याट्रिक गरेका छन् । विशालले सोमबार प्रदेश १ विरुद्धको खेलमा ह्याट्रिक गरेका हुन्।

उनले प्रदेश १ का अन्तिम ३ विकेट लगातार लिएका थिए।

२७.२ ओभरमा पौडेलले प्रदेश १ का राजन मगरलाई ४ रनमा आउट गरे। उनले मगरलाई राहुल उपाध्यायबाट क्याच गराए। २७.३ ओभरमा पौडेलले लगातार दोस्रो विकेट लिने क्रममा गण्डकीका मनोज तामाङलाई एलबिडब्लूको धरापमा पारे। २७.४ ओभरमा हेमन्त राईलाई पनि एलबिडब्लूको धरापमा पारेसँगै पौडेलले ह्याट्रिक पूरा गरे।

जारी प्रतियोगितामा विशाल ह्याट्रिक लिने पहिले खेलाडी भएका छन्। पौडेलले ह्याट्रिकसहित चार विकेट लिए। उनले ६.४ ओभरमा २५ रन खर्चिए।

गण्डकीका सुवास भण्डारीले पनि ४ विकेट लिएका छन् भने बिपिन खत्रीले २ विकेट हात पारे।

‍गण्डकीले कसिलो बलिङ गरेसँगै टस जितेर मुलपानी मैदानमा ब्याटिङ गरेको प्रदेश १ ले २७.४ ओभरमा १०२ रनमै अलआउट भयो।

प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले सबैभन्दा बढी २४ रन जोडे। ओपनर मिनास थापाले २२ रन बटुले।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.