कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनुपर्ने समय आएको छः बाबुराम भट्टराई

कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनुपर्ने समय आएको छः बाबुराम भट्टराई

५ माघ, काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमाथि आएको संकटलाई बचाउन कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनु पर्ने समय आएको बताएका छन् ।

आन्दोलनमा जाने कि निर्वाचनमा भनेर कांग्रेस अलमलमा रहेको भन्दै उनले देशको नेतृत्व गर्न निर्वाचन नै कुर्न नपर्ने बताए । संसद पुनःस्थापना भए कांग्रेसले नै नेतृत्वको अवसर पाउन सक्ने उनको भनाइ थियो ।

सोमबार गणेशमान सिंह तथा शहीद स्मृती शान्ति प्रतिष्ठानले राजधानीमा गरेको अन्तक्रियामा डा. भट्टराईले भने, ‘प्रतिनिधि सभा विघटन संविधानको व्यवस्थाभन्दा बाहिरबाट गरिएको छ, यो संविधानमाथिको प्रहार हो, संविधानलाई जोगाउन अब कांग्रेसले नै आन्दोलनको नेतृत्व लिने समय आयो ।’

प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक भएको जिकीर गर्दै डा. भट्टराईले अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना नभए र बाहिरी हस्तक्षेप बढ्दै गए चुप लागेर नबस्ने चेतावनी दिए । ‘हामी शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं । बाहिरी हस्तक्षेप भएमा रामनाम जपेर बस्दैनौं,’ उनले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली वामपन्थीको खोल ओढेर चरम सामन्तवादतर्फ अग्रसर भएको आरोप लगाए । ओली नवफाँसीवादको अभ्यास गर्दै अघि बढेको भट्टराईले आरोप लगाए ।

प्रधानमन्त्री ओलीले राज्यका सबै अंगलाई धम्क्याइरहेको भन्दै भट्टराईले अदालतसमेत परीक्षाको घडीमा रहेको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.