नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने सुलभ ट्रेडविरुद्ध मुद्दा दायर

नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने सुलभ ट्रेडविरुद्ध मुद्दा दायर

५ माघ, काठमाडौँ । झुठा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने बारा विश्रामपुरको सुलभ ट्रेड कन्सर्नका प्रमुख अमिरी ठाकुरविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

ठाकुरविरुद्ध ६ करोड ५२ लाख १३ हजार रुपैयाँ बिगो दाबी गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

उनले सुलभ ट्रेड कन्सर्नमार्फत वस्तु तथा सेवा खरिद नै नगरि झुट्टा तथा नक्कली बिक्री बीजक बनाएर २०६८ सालदेखि २०७५ सालसम्म राजस्व छलेको विभागले जनाएको छ ।

अमिरी ठाकुरले दुई करोड १५ लाख ८८ हजार भ्याट र चार करोड ३६ लाख २५ हजार रुपैयाँ आयकर छलेको विभागले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.