ओलीले कि कामचलाउ भनुन् कि कुर्सी छोडुन् : माधव नेपाल

ओलीले कि कामचलाउ भनुन् कि कुर्सी छोडुन् : माधव नेपाल

६ माघ, काठमाडाैँ ।
नेकपाका अध्यक्ष माधवकुमार नेपालले संसद विघटन पछि प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ हुन पुगेको बताएका छन् ।

आफु निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले प्रतिनिधि सभा सदस्य नै प्रधानमन्त्री हुने भन्दै उनले ओलीले कि कामचलाउ भन्नुपर्ने कि कुर्सी छोड्नुपर्ने बताए ।

अध्यक्ष नेपालले आफु प्रचण्डको कार्यकर्ता भनि ओलीले गरेको टिप्पणीको जवाफ दिदैँ ओरिजिनल एमाले केपी ओली नभई आफु भएको जिकिर गरे । एकिकरण पछि एमाले तथा माओवादी पार्टी इतिहास भइसकेको भन्दै उनले अब ति पार्टी नब्युतिने बताए ।

अध्यक्ष नेपालले लोकतन्त्र, गठतन्त्र, संघीयता, संविधान लगायतका राजनीतिक परिवर्तनहरु संकटमा परेको भन्दै गलत कामको विरुद्ध उभिनुपर्ने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.