काँग्रेसले समीक्षा गरेर नयाँ बाटो तय गर्नुपर्छ ः नेता सिटौला

काँग्रेसले समीक्षा गरेर नयाँ बाटो तय गर्नुपर्छ ः नेता सिटौला

चितवन, जेठ १९
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब काँग्रेसले समीक्षा गरेर नयाँ बाटो तय गर्नुपर्ने बताएका छन्।

नेपाली काँग्रेस चितवनको आयोजनामा आज चितवनको भरतपुरस्थित पार्टी कार्यालयमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी नयाँ कार्ययोजनाका साथ एकाकार हुनु जरुरी रहेको आैँल्याए ।

अब सबैको सुझाव लिने बेला आएको भन्दै सिटौलाले जनताको विश्वास लिनसके मात्रै पार्टी बलियो हुने जिकिर गरे । देशको स्वाभिमान रक्षाका लागि काँग्रेस लड्दै आएको स्मरण गर्दै सिटौलाले भने, ‘जनताको विश्वास नै हाम्रो तागत हो ।”

ठूला परिवर्तनहरू काँग्रेसको नेतृत्वमै भएको जिकिर गर्दै उनले काँग्रेस कसैसँग डराउनुपर्ने अवस्था नरहेको उल्लेख गरे ।

सो क्रममा काँग्रेस जिल्ला नेता, क्षेत्रीय र नगर सभापतिहरूले पार्टीको संस्थागत विकासका विषयमा मन्तव्य राखेका थिए ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.