विराटनगरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

विराटनगरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

विराटनगर,जेठ २०

विराटनगरमा १० औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका सुरु भएको छ ।

शनिबारदेखि सुरु भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राईले खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेशको नीति तथा कार्यक्रम निर्माण गर्ने बताएका छन् ।
संघिय सरकारले ल्याएको बजेटमा समेत खेलकुदको क्षेत्रलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उनले प्रदेश सरकारले समेत खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने बताए ।

मुख्यमन्त्री राईले खेलकुदको माध्यमबाट प्रदेशको पहिचान उच्च बनाउन छिट्टै खेलकुद परिषद् गठन गर्ने, खेलकुद मैदान निर्माण, अत्याधुनिक ट्रेनिङ सेन्टरको निर्माण गर्ने बताए ।

पूर्वाञ्चल खेलकुद विकास समितिको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा १४ जिल्लाका ९ सय ५० खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा उसु, कराँते, ताइक्वाण्डो, भलिबल, कबड्डी, एथलेटिक्स गरी जम्मा ६ विधाका खेलमा प्रतिष्पर्धा हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.