राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति बाइडनलाई बधाई

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति बाइडनलाई बधाई

८ माघ, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई दिएकी छन् । भण्डारीले बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् ।

उनले कोभिड–१९ महामारीको समयमा बाइडनको कार्यकाल सफल रहोस् भन्ने कामनासमेत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना पनि गरेकी छन् ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले अमेरिकी समकक्षी कमला ह्यारिसलाई बधाई सन्देश पठाउँदै नयाँ अमेरिकी प्रशासनको लैंगिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तन जस्ता सामयिक मुद्दाको सह्राना गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई सन्देश पठाएका छन् । बाइडनको नेतृत्वमा अमेरिकाले प्रगति र समृद्धि हासिल गर्ने कार्यलाई जारी राख्ने ओलीले विश्वास व्यक्त गरेका छन् । ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप सृदृढ हुने विश्वास पनि व्यक्त गरेका छन्।

अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बाइडनले नेपाली समयअनुसार बुधबार राति पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.