कम्युनिस्टहरूबाट सत्ताच्युत गर्ने बेला आयोः किरण गिरी

कम्युनिस्टहरूबाट सत्ताच्युत गर्ने बेला आयोः किरण गिरी

८ माघ, काठमाडौँ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरण गिरीले कम्युनिस्टहरू लोकतान्त्रिक हुन नसक्ने बताएका छन् ।

काठमाडौंको नागार्जुना नगरपालिकाको वडा नम्बर ७ मा बिहीबार बिहान आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको विरोधसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेर कम्युनिस्टहरू लोकतन्त्रलाई मान्दैनन् भन्ने सन्देश दिएको बताए ।

उनले काँग्रेसका लागि ओली सरकारलाई सिंहदरबारबाट गलहत्याएर जानेभन्दा अर्को विकल्प नरहेको बताए । निर्वाचनका बेला काँग्रेसलाई घेराबन्दी गरेर एमाले र माओवादीले व्यक्ति स्वार्थका लागि अपवित्र गठबन्धन गरेर झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि सरकार चलाउने सामर्थ राख्न नसकेको गिरीको भनाइ छ ।

गिरीले भने, ‘कम्युनिस्टहरू कहिल्यै पनि लोकतन्त्रलाई मान्दैनन् । निरंकुश र अधिनायकवादी हुन्छन् । झण्डै दुई तिहाइ ल्याउँदा पनि प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर त्यसको सन्देश दिनुभएको छ ।’

यस्तै नेता सरकारले प्रदेश १ र बागमतीको प्रदेश सभालाई अनिश्चितकालीन समयका लागि स्थगित गरेको आक्रोश व्यक्त गरे । गिरीले कम्युनिस्टहरूबाट काँग्रेसले सत्ताच्युत गर्ने बेला आएको जिकिर गरे।

उनले असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध काँग्रेसले सशक्त रुपमा आन्दोलन गरिरहेको पनि उल्लेख गरे ।
कार्यक्रममा नागर्जुन नगरपालिका– ७ का वडा सभापति देबेन्द्र गिरी, महािधवेशन प्रतिनिधि रीता दवाडी, महासिमित सदस्य दामोदर गौतम लगायतले ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोध गरेका थिए ।

विरोध कार्यक्रममा काँग्रेस स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.