८ माघ,काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटी सदस्य तथा दलित मुक्ति मोर्चाका कर्णाली प्रदेशका इन्चार्ज चन्द्रबहादुर बिश्वकर्मा नेकपाको केपी ओली समूहमा सामेल भएका छन्।
यस अघि नेकपा माओवादी केन्द्रबाट पोलिटब्युरो सदस्य बनेका बिश्वकर्मा ओली समूहमा आएका हुन्।
पार्टी दुईचिरा भएपछि तटस्थ बसेका विश्वकर्मा ओली समूहमा आवद्ध भएको अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य ओम प्रकाश आचार्यले जानकारी दिएका छन्।
रुकुम पश्चिम चौरजाहारी नगरपालिका स्थायी घर भएका उनी नेपाल कम्युनिस्ट पार्टीमा युवा तथा दलित वर्गको हकमा बिभिन्न मुद्दा उठाउँदै आएका छन्।