मोरङमा शिक्षकको हत्या गर्ने विप्लव कार्यकर्ता पेस्तोलसहित पक्राउ

मोरङमा शिक्षकको हत्या गर्ने विप्लव कार्यकर्ता पेस्तोलसहित पक्राउ

८ माघ, विराटनगर ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मोरङ जिल्ला इञ्चार्ज हतियारसहित पक्राउ परेका छन् ।

मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न डिबी सिलवाल भनिने धनबहादुर विक हतियारसहित बुधबार पक्राउ परेका हुन् । उनलाई मोरङको बूढीगंगा गाउँपालिका–४ बाट प्रहरीले पक्राउ गरेको हो ।

गत मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको आरोप उनीमाथि छ । हालसम्म हत्य आरोपमा कोही पनि पक्राउ परेका थिएनन् । हत्याको जिम्मेवारी भने विप्लव समूहले लिएको थियो ।

आफ्नो पार्टीविरुद्ध सुराकी गरेको आरोपमा सो समूहले शिक्षक श्रेष्ठको विभत्स हत्या गरेको थियो । तर, शिक्षक श्रेष्ठ सुराकी नभएको प्रहरीले बताउँदै आएको छ ।

उनको साथबाट एकथान सेमि अटोमेटिक पोस्तोल र तीन राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । उनले व्यवसायीहरुलाई धम्क्याएर चन्दा असुली गरेको समेत पाइएको प्रहरी दाबी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.