ओली हिटलरी नाजीवादको नेपाली संस्करण हुनः माधव नेपाल

ओली हिटलरी नाजीवादको नेपाली संस्करण हुनः माधव नेपाल

९ माघ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलरी नाजीवादको नेपाली संस्करण भएको आरोप लगाएका छन्।

शुक्रबार राजधानीमा भएको विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले हिटलर पनि चुनावबाट आएको र पछि तानाशाही लादेर युरोपमा तीन करोड मानिसको ज्यान गुमेको बताए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नामभित्र लुकेको खड्ग अहिले उनकै व्यवहारबाट साकार पारेको पनि बताएका छन्। उनले भने, ‘उनले आफ्नो नामजस्तै संविधानमाथि खड्ग प्रहार गरेका छन्, लोकतन्त्रमाथि खड्ग प्रहार गरेका छन्, स्थायीत्वमाथि खड्ग प्रहार गरेका छन्, पार्टीमाथि खड्ग प्रहार गरेका छन्।

उनले केपी ओलीले संविधान विघटनको गल्ती सच्याएर माफी मागे माफी दिनेबारे विचार गरिने बताएका छन्। ‘केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्, केपी ओली सामूहिकतामा विश्वास गर्ने मान्छे होइनन्,’ उनले सभामा भने।

संविधानमा निर्वाचित व्यक्ति पनि तानाशाही हुने गरेको उदाहरण केपी ओलीबाट प्रस्तुत भएको उनले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.