मोरङ पथरी शनिश्चरेबाट लागुऔषध सहित ४ जना पक्राउ

मोरङ पथरी शनिश्चरेबाट लागुऔषध सहित ४ जना पक्राउ

११ माघ, मोरङ । मोरङ पथरी शनिश्चरे-४ स्थितमा रहेको एक घरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका १९ बर्षीय साजन राई, २२ बर्षीय छिरीङ राई र २४ बर्षीय नवराज राई रहेका छन् भने भोजपुर साल्पासिलोछो-२ का १९ बर्षीय निराज राई रहेका छन् ।

घरमा लागुऔषध बिक्रीवितरण गरिरहेको भन्ने विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चारै जनालाई आज विहानको राती साढे १२ बजे नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ६३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, ट्रामाडोल हाईड्रोक्लोराईड ९० ट्याब्लेट, स्पास्पेन ५४ ट्याब्लेट लागुऔषध, ४ राउण्ड गोली, १ थान खोका, १ थान खुकुरी, नगद ६ हजार ७ सय ३० रुपैया र निजहरुले प्रयोग गरेको को १४ प ४७२५ नम्बरको मोटरसाईकल लगायतका सामानहरु फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

यसरी पक्राउ परेका चारै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.