११ माघ, काठमाडौँ । महिला राष्ट्रिय लिगमा त्रिभुवन आर्मीले स्याङ्जाको वालिङ नगरपालिकालाई ७–० ले हराएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा क्म्फ्लेक्सको मैदानमा भएको खेलमा आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक गरिन् । खेलको १४ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी विमलाले ६६ औँ र ७५ औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।
त्यस्तै दीपा राईले २८ औँ मिनेटमा, शर्मिला थापाले ४४ औँ मिनेटमा, हेमा चौधरीले ८८ औँ मिनेटमा र भुजुङ्गा राईले इन्जुरी समयको दोस्रो मिनेटमा एकरएक गोल गरे ।