फागुन पहिलो साता मेलम्ची सुरुङमा पानी खसालिने

फागुन पहिलो साता मेलम्ची सुरुङमा पानी खसालिने

११ माघ, काठमाडौंँ । खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजना अन्र्तगत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गरेका छन् ।

मन्त्री थापाले आइतबार मेलम्ची खानेपानी आयोजना अन्र्तगतको सुन्दरीजल क्षेत्रमा निर्माणाधिन भौतिक संरचना र सुरुङमार्गको अवलोकन गरेका हुन् ।

अवलोकन गर्दै मन्त्री थापाले सुरुङमार्गको काम सन्तोषजनक भएको प्रतिक्रिया दिए । अवलोकनपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री थापाले सुरुङ निर्माणको काम प्राविधिक रुपले सफलतातर्फ गइरहेको अनुभुति भएको बताए ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले सुरुङको काम सम्पन्न भइसकेको भएपनि परिक्षण अघि विज्ञ समूहलाई निरिक्षण गराएको र उक्त समूहको सुझावको आधारमा सुरुङको दिगोपनाको लागि केही सुधार गर्नुपर्ने भएकाले हाल सुधारका काम भइरहेको बताए।

सुरुङमा थालिएको सुधारको काम तीन हप्तामा सकेर फागुन पहिलो साताबाट पानी पठाई परीक्षणको काम शुरु गरिने पनि कार्यकारी निर्देशक खत्रीले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.