जनकपुरको यातायात कार्यालयमा अख्तियारको छापा, करिब ३ लाख घुस सहित दुईजना पक्राउ

जनकपुरको यातायात कार्यालयमा अख्तियारको छापा, करिब ३ लाख घुस सहित दुईजना पक्राउ

१४ माघ, महोत्तरी । जनकपुरको यातायात व्यवस्था कार्यालयमा गएराति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महोत्तरीको टोलीले छापा मारेको छ ।

छापा मारेर टोलीले पौने ३ लाख बराबरको रकम सहित कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राजकिशोर भगतलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारको टोलीले दिएको जानकारी अनुसार कार्यालय सहयोगी कापरको कार्यालयमै रहेको कोठाको सोफा, खाट, दराज बाट २ लाख २३ हजार ८ सय रकम र दलाल भगतबाट ५० हजार घुस रकम टोलीले बरामद गरेको हो ।

बिचौलिया भगतले आफू ट्याक्टरको लाइसेन्सको लागि कार्यालयका कम्प्युटर अपरेटर अनिल गिरीलाई ५० हजार घुससहित पास गरिदिने सेवाग्राहीको नामावली बोकेर पुगेको बयान दिएका छन् ।

उनले गिरीलाई रकम र नामावली दिन पुगेकै बेला अख्तियारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको हो । कर्मचारीहरुले बिचौलियाको सेटिङमा यातायात व्यवस्था कार्यालयमा घुसखोरी, भ्रष्टाचार गरिरहेको भन्ने जनगुनासो आउने गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.