देशमा पूँजी छैन् यसैले पनि एमसीसी आवस्यक छः डा. पुष्पराज कँडेल

देशमा पूँजी छैन् यसैले पनि एमसीसी आवस्यक छः डा. पुष्पराज कँडेल

१४ माघ, काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसीसी सहायता नआए सरकारले आफ्नै लगानीमा भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

एमसीसी बारे राजनीतिक रुपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफै गलत हो कि भन्ने भ्रम पनि सिर्जना भएको उपाध्यक्ष कँडेलले बताए । परियोजनाको राजनीनिक पक्ष जे जस्तो भएपनि केही वर्ष भित्र विद्युतको ठूलो राष्ट्रिय प्रशारण लाइन आवश्यक पर्ने भएकोले सरकारले एमसीसी स्वीकृत नभएपनि परियोजनालाई अगाडि बढाउनुपर्ने बताए ।

नेपाल टाईम्ससँगको कुराकानीमा उपाध्यक्ष कँडेलले एमसीसी परियोजना रुपान्तरणकारी आयोजनाको रुपमा १५ औं योजनामा समेत समावेस भइसकेकोले सरकारले परियोजना निर्माणको कार्यलाई तिब्रता दिएको बताए । तर देशको पूँजीको अपर्याप्तताको कारणले एमसीसी आवस्यक पर्ने देखिएको पनि बताए ।

उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगले आफैले एमसीसी परियोजनालाई १५ औं योजनामा समावेस नगरेको पनि स्पष्ट पारेका छन् । उर्जा मन्त्रालयबाट निर्णय भएर आएको परियोजनालाई आयोगले पहिचान गरी रुपान्तरणकारी आयोजनामा समावेस गरेको प्रष्ट पारे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.