भैंसी पूजा गर्नु र पशुपतिनाथमा पूजा गर्नु उस्तै होइनः सुर्य थापा

भैंसी पूजा गर्नु र पशुपतिनाथमा पूजा गर्नु उस्तै होइनः सुर्य थापा

१५ माघ, विराटनगर ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो शक्ति वृद्धिका लागि भैसीको पूजा गरेको भन्दै कटाक्ष गरेका छन् ।

भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक नमानिने थापाले उल्लेख गरे ।

बिहीबार सामाजिक सञ्जालमा दुई अध्यक्षको फोटो जोडेर लेख्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्ति र मानव कल्याणको लागि पशुपतिनाथमा पूजा गरेको बचाउ गर्दै अर्का अध्यक्ष दाहाललाई व्यङ्य गरेका हुन् ।

उनले दाहाल र ओलीको पशुपतिनाथमा गएको र भैंसी पूजा गरिरहेको फोटो जोडेर राखेका छन् । प्रधानमन्त्रीले देशलाई अस्थिरतामा कोचेर पशुपतिनाथको चरणमा गएको भन्दै सर्वत्र आलोचना भएको थियो ।

प्रधानमन्त्री हुँदासमेत ईश्वरको नाममा सपथ नखाएका ओली एक्कासि पशुपतिनाथ पुग्दा सबै आश्चर्यम परेका थिए । उनले प्रधानमन्त्रीको प्रशंसा गर्दै लेखेका छन्, ‘दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ ।’

प्रधानमन्त्रीले माघ १२ गते पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माणकार्यको निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नु भएको थियो ।

तत्कालीन माओवादीका अध्यक्ष हुँदा २०६६ माघ २९ मा भैंसी पूजा गरेको भन्दै दाहालको आलोचना भएको थियो। त्यसबेला उनले ग्रह शान्तिका लागि भन्दै भैंसी पूजा गरेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.