जनताले केही महिनाभित्रै ओलीको निरकुंशता चुट्कीको भरमा ध्वस्त पार्नेछन् : दाहाल

जनताले केही महिनाभित्रै ओलीको निरकुंशता चुट्कीको भरमा ध्वस्त पार्नेछन् : दाहाल

१५ माघ, रूपन्देही ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली श्री ३ महाराजधिराज बन्ने गरी निरकुंश र स्वच्छेयाचारी रुपमा अघि बढेको आरोप लगाएका छन् ।

बिहीबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजित विरोध सभामा बोल्दै दाहालले ओलीले जनताका सपनामाथि कुठाराघात गरेको बताए ।

उनले भने, ‘केपी ओलीले अहिले संविधानलाई अतिक्रमण गर्ने, लोकतन्त्रको हत्या गर्ने र कहीं न कहीं आफूलाई श्री ३ महाराजधिराज बन्ने सपना देखेका छन् । तर, २ सय ५० वर्ष पुरानो शाही राजतन्त्रलाई लात्तीले हिर्काएर उसको श्रीपेच खोसेर जंगल पठाउने नेपाली जनताले अबको केही महिनाभित्रै ओलीको निरकुंशता पनि चुट्कीको भरमा ध्वस्त पार्नेछन् । केही महिनाभित्र, केही महिनाभित्र यो ओलीको स्वेच्छाचारिता अन्त्य हुनेछ । नेपाली जनता विजयी हुनेछन् ।’

उनले आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री र पार्टी अध्यक्ष नै सामन्ती निरकुंशताको एजेन्ट जस्तो भूमिकामा देखा परेको बताए । उनले किसानका समस्या समधान गर्ने, महँगी भ्रष्टाचार नियन्त्रण गर्ने, मधेसी, आदिवासी, दलित, जनजाती, महिला, मुस्लिम सबै उत्पीडित र विभेदमा परेका समुदायलाई न्याय, समानता र सम्मान दिने कुरा कहानीजस्तै बनेको बताए ।

ओली गलत बाटोबाट हिँडेको भन्दै आफूहरु देशलाई अब नयाँ युगतिर लिएर जाने अभियानमा लागेको उनको दाबी थियो । किसानका समस्या समाधान गर्ने, युवालाई रोजगारी दिने आयोजनामा केन्द्रित हुने, विकास र समृद्धिका योजना लिएर अघि बढ्ने गरी आफूहरु पार्टीलाई दिशानिर्देश गर्न लागेको उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.