अराजकता निम्त्याउनेहरु बाहिर गएपछि नेकपा अनुशासित बन्योः ओली

अराजकता निम्त्याउनेहरु बाहिर गएपछि नेकपा अनुशासित बन्योः ओली

१६ माघ, काठमाडाैँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अनुशासित भएको बताएका छन् । शुक्रबार काठमाडौँ महानगर कमिटीद्धारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा अनुशासित पार्टी भएको बताएका हुन् ।

विगतमा पार्टीमा अराजकता निम्त्याउनेहरु पार्टीबाट बाहिर भएको भन्दै उनले नेकपा स्पष्ट दृष्टिकोणको साथ सुदृढ, एकताबद्ध र अनुशासित पार्टी बनेको बताए ।

प्रधानमन्त्री ओलीले नेकपाले देशलाई गलत बाटोमा जान नदिने पनि बताए । आफ्नो पार्टी बिजय यात्रामा अघि बढेको उनको भनाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.