मुद्रा सटही व्यवसायी पोखराको अध्यक्षमा मिश्र निर्विरोध निर्वाचित

मुद्रा सटही व्यवसायी पोखराको अध्यक्षमा मिश्र निर्विरोध निर्वाचित

१६ माघ, पोखरा ।
मुद्रा सटही व्यवसायी संगठन (मनी चेञ्जर) पोखराको अध्यक्षमा रुपकराज मिश्र निर्विरोध निर्वाचित भएका छन् । पोखरामा शुक्रबार सम्पन्न संगठनको १५ औं साधारण सभा तथा ८ औं अधिवेशनले मिश्रलााई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

यसैगरी संगठनको उपाध्यक्षमा दिपकराज पौडेल, सचिबमा संगिता पौडेल र कोषाध्यक्षमा अमृत भुजेल निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनले सदस्यमा अनिता अधिकारी, कमल भुजेल, सवु श्रेष्ठ र प्रविण अधिकारी निर्वाचित गरेको संगठनका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिएका छन् ।

साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद राजिव पहारीले पर्यटकलाई सेवा दिन दैनिक १८ घन्टा सम्म तयार रहने मुद्रा सटही व्यवसायीहरु कोभिडका कारण प्रत्यक्ष मारमा परेको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.