१७ माघ, काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली समूह पार्टीमा मात्र होइन, सडकमा पनि एक तिहाई भएको दाबी गरेका छन् ।
पार्टीमा अल्पमतमा परेपछि संसद भंग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा आमसभा गरेपछि फुर्ती बढेको उनले सुनाए ।
तर शनिबार धनगढीमा आफ्नो समूहले गरेको आमसभापछि ओली सडकमा पनि एक तिहाई मात्र हो भन्ने प्रष्ट भएको प्रचण्डले दाबी गरे । शनिबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सडकमा पनि केपी ओली एक तिहाई हो । तपाईहरुले तिमी फुच्चे नै हो भनेर सावित गरिदिनुभयो ।’